समाचार

मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक: प्रधानमन्त्री

By Dhading News

October 10, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।