ब्रेकिङ समाचार

इजरायलबाट २ सय ५४ जना नेपाली काठमाण्डौ आइपुगे

By Dhading News

October 13, 2023

काठमाण्डौ । इजरायलबाट २ सय ५४ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्किन चाहने ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिनुभयो। परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिनुभयो

चार नेपाली घाइते भएकोमा एकजना उपचारपछि सँगै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको उहाँले बताउनुभयो । इजरायलमाथि हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनाको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।