खेलकुद

आईसीसी विश्वकप एकदिवसीयमा भारतको जित

By Dhading News

October 20, 2023

काठमाडौं । भारतमा जारी आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ ।

भारतको पुनेमा बिहिबार राति अबेर सम्पन्न भएको दुइदेशबीचको खेलमा भारतले बंगलादेशलाई हराएको हो ।भारतको जितमा विराट कोहलीले शतकीय इनिङ्स खेलेर कीर्तिमान कायम गरे ।बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा विराटले अविजित १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनले ६ चौका र ४ छक्काको मदतले सो रन खडा गरेका थिए ।

भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुरुआती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतीमा २ सय ५६ रन बनाएको थियो

भारत चार खेलमा सतप्रतिशत जित निकाल्दै ८ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको न्युजिल्याण्डको समेत समान ८ अंक छ । बंगलादेशले भने प्रतियोगितामा एउटा जित किालेर सातौं स्थानमा छ ।