खेलकुद

विश्व कप क्रिकेटमा अस्ट्रेलियासँग पाकिस्तान ६२ रनले पराजित

By Dhading News

October 21, 2023

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ ।  चलिरहेको विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो ।

अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो । पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले एक सय ३४ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो।

अस्ट्रेलियाका डेभिड वार्नरले १ सय ६३ र मिचेल मार्शले १ सय २१ रन बनाए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए ।