खेलकुद

त्रिकोणात्मक टी-२०: नेपालले हङकङलाई ७९ रनले हरयो

By Dhading News

October 21, 2023

काठमाडौं । नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ ।

आज शनिबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० श्रंखलामा त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको गरेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो । हङकङका अन्सी रथले ४५ रन, अइजाज खानले २५ रन र बाबर हयातले २० रन जोडे ।

नेपालका सोमपाल कामी, ललित राजवंशी र करण केसीले २ विकेट र प्रतिश जिसी र दीपेन्द्र ऐरीले १ विकेट लिए ।

त्यसअघि, नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको थियो ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो । नेपालको पारी सम्हालेका कुशल मल्ल र ऐरीले १४५ रनको साझेदारी गरे ।