ब्रेकिङ समाचार

आजदेखि दशैंको बिदा सकियो सरकारी कार्यालयहरु पनि खुले

By Dhading News

October 27, 2023

काठमाडौं । विजया दशमीको बिदा आजदेखि सकिएको छ ।

दशैंको अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुलेका छन् ।सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ। यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।