खेलकुद

इंग्लीश प्रिमियर लिग: आर्सनलको शानदार जित

By Dhading News

October 29, 2023

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ५–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन एडि एन्केतियाले ह्याट्रिक गर्दा फाबियो भियरा र तोमियासुले एक एक गोल थपे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सी भने पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको चेल्सीलाई गएराति ब्रेन्टफोर्डले २–० ले हराएको हो ।

गएराति भएको अर्को खेलमा बर्नमाउथले बर्न्लेलाई २–१ ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्स र न्युकासल युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।