प्रदेश

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा धादिङका लम्साल नियुक्त

By धादिङ न्यूज

November 03, 2023

धादिङ,१७ कात्तिक-२०८० । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख  सचेतकमा धादिङका गोविन्द लम्साललाई नियुक्त गरिएको छ । लम्साललाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।

संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरे पनि सार्वजनिक भने गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।यसअघि करिब दुई महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेका थिए । सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो ।