ब्रेकिङ समाचार

भूकम्पमा घाइते भएका सात जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइयो

By Dhading News

November 04, 2023

काठमाण्डौ – गएरातिको भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाण्डौ विमानस्थलमा अवतरण गरेको हो ।

निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । जहाजले डाक्टर एवम् स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ । दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाण्डौ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।