कभर फोटो

सल्यान्टारमा दुर्घटनाः दुई जना घाइते, एकको अवस्था चिन्ताजनक

By धादिङ न्यूज

November 08, 2023

धादिङ न्यूज बुधबार, २१ कार्तिक २०८० ।धादिङको त्रिपुरासन्दुरी गाउँपालिकाको सल्यान्टारमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् ।

सल्यानटारको बगैँचा स्थित गाउँपालिका कार्यालय नजिकै बेलगाउँचोकमा भएको दुर्घटनामा परी त्रिपुरासुन्दरी वडा नं। १ रानीपौवाका २२ वर्षीय रोशन परियार र सोहि ठाउँका २२ वर्षकै सन्दीप श्रेष्ठ घाइते भएका छन् ।

घाइते मध्ये रोशनको अवस्था अत्यन्त चिन्ताजनक रहेको सल्यान्टार प्रहरी चौकीका प्रमुख सई विष्णु बहादुर नेपालीले धादिङ न्यूजलाई जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाईते भएका रोशन मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको अवस्था मध्यम छ । दुवैलाई सल्यान्टार स्वास्थ्य केन्द्रको एम्बुलेन्समार्फत रातीनै जिल्ला अस्पताल धादिङ लगिएको थियो ।

प्रहरीका अनुसार दुर्घटना घटना मंगलबार राती साढे ९ बजे भएको हो । उनीहरु सवार बा ५० प ७१३८ सिभिआर होण्डा बाइक सडक किनारमा रोकिराखेको ना६त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किन पुगेको थियो । अत्याधिक तिव्र गतिमा आएको मोटरसाईकलले ठक्कर दिंदा रोकिराखेको ट्याक्टर नै पल्टिएको स्थानीयले वताए ।