ब्रेकिङ समाचार

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने प्रचण्डको घोषणा

By धादिङ न्यूज

November 11, 2023

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गर्नुभएको छ ।

आज काठमाडौँमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताउनुभएको हो ।

उहाँले नेपाल संवत् ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने उल्लेख गर्नुभयो । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताउनुभयो ।

प्रधानमन्त्रीले अहिले विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताउनुभएको छ ।उहाँले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएको बताउनुभयो ।

यस्तै उहाँले सोही कार्यक्रममा नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गर्नुभयो । नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताउनुभयो ।