ब्रेकिङ समाचार

कांग्रेस महामन्त्रीद्वयले दिए ध्यानाकर्षण पत्रमार्फत राहत वितरणलाई व्यवस्थित बनाउन सुझाव

By धादिङ न्यूज

November 11, 2023

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर महामन्त्रीद्वयले ११ बुँदे ध्यानाकर्षण पत्रमार्फत राहत वितरणलाई व्यवस्थित बनाउन सुझाव दिनु भएको हो ।

यस्तै मंसिर मसान्तसम्म सबैका लागि अस्थायी आवास निर्माण गरिसक्नुपर्ने, आजभोलि नै प्रत्येक प्रभावित परिवारलाई न्युनतम ४० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गर्नपनि सरकारलाई महामन्त्रीद्वयको सुझाव छ ।

अस्थायी आवास कम्तिमा एउटा जाडो र एउटा बर्खा झेल्नसक्ने गरि निश्चित मापदण्डको आधारमा बलियोनै बनाउन जरुरी रहेको महामन्त्रीद्वय ध्यानाकर्षणपत्रमा उल्लेख छ।

यस्तो छ महामन्त्रीद्वय थापा र शर्माको ११ बुँदे ध्यानाकर्षणपत्रः