कभर फोटो

सर्जक प्रकाश ढकाल वेपत्ता, धादिङको कृष्णभिरमा एक यु्वक मृत भेटिए

By धादिङ न्यूज

November 20, 2023

४ मंसिर सोमबार २०८० धादिङ-धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ को कृष्णभिरको तल त्रिशूली नदी किनारमा आईतबार सांझ एक युवकको शव भेटिएको छ । नदी किनारमा ढुङ्गामा अडकिरहेको एक युवकको शव देखिएपछि प्रहरी र स्थानीयवासीले रातीनै उक्त शव त्यहाँबाट निकालेका थिए । नदी किनारमा भेटिएको शव कस्को हो भन्ने आधिकारिक पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय वेनिघाटले जनाएको छ ।

यसै बिच मंसिर १ गतेराती देखि स्याङजा जिल्ला चापाकोट घर भएका लालिगुराँस डट कम अनलाइनका सम्वाददाता, दोहोरी गितका सर्जक प्रकाश ढकाल हराईरहेको भन्दै उनको खोजीका लागि परिवारका सदस्य तथा आफन्तहरुले सामाजिक सन्जाल मार्फत आग्रह गरिरहेका छन । हराईरहेका ढकालको मोवाईलको पछिल्लो लोकेशन गोर्खाको भुम्लिचोक फिस्लिङ देखाएको भन्दै उनको खोजी भईरहेको छ ।ढकाल धादिङको जोगिमारा आसपासबाट हराईरहेको उनको परिवारका सदस्यहरुले वताएका छन ।

स्याङ्जाको वालिङबाट मंसिर १ गते काठमाण्डौं जान लागेका ढकाल हराईरहेका छन् । उनको खोजीका लागि सकृय भएर खटिरेहका राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य धादिङका मलेखुका भरत बराकोटीले आईतबार राती आफ्नो फेसबुक वालमा‘ जे नहुनु थियो भाई प्रकाश ढकाल शंकास्पद छ सत्य तथ्य खोज्न लाग्नेछु, तिम्रो आत्माले शान्ति पावोस, पापी कालले छिटो लानु रैछ र यति धेरै माया बसेको हिजो देखि खोजेको पाउन त पाए तर सकुशल पाउन सकिन दुःखद’ भनेर पोष्ट गरेका छन । बराकोटीको यो पोष्ट पछि नदी किनारमा भेटिएको शव ढकालको हुन सक्ने अनुमान गरिएको छ ।

शव रातीको समयमा भेटिएको हुँदा पहिचानमा समस्या भएको छ । हराईरहेका ढकालका आफन्तहरु आएर पहिचान नगर्दा सम्म शव उनकै हो भन्न नसकिने प्रहरीले जनाएको छ ।