कभर फोटो

सुकौराबेसीमा बिजुलीको नाङ्गो तार बारीको कान्ला र रुखका हाँगामा

By धादिङ न्यूज

November 24, 2023

धादिङ, ८ मंसिर । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ सुकौराबेसीमा बिद्युत्त तार बिस्तार गर्दा हेलचेक्र्याई गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ ।

नेपाल बिद्युत्त प्राधिकरणले विजुलीको तार टाङ्दा जमिन बाट हातले सजिलो संग भेट्ने ठाउँमा राखेको कारण दुर्घटनाको जोखिम बढेको हो । बिजुलीको नाङ्गो तारले रुख र घाँसको डालो छोएकाले जतिखेर पनि दुर्घटनाको जोखिम रहेको स्थानीयवासी शिव श्रेष्ठले वताउनु भयो ।

नाङ्गो तार बारीमा रहेकाले कुनैपनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले तारको उचित व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण धादिङ शाखा, नीलकण्ठ नगरपालिका कार्यालय र नीलकण्ठ नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा लिखित मौखिक आग्रह गर्दा पनि सुनुवाई नभएको श्रेष्ठले जानकारी दिनु भयो ।

मान्छेको ज्यान जाने गरि राखिएको विजुलीको तार हटाईदिन या दुर्घटना नहुने बनाईदिन गाउँवासीले आग्रह गरेका छन ।