खेलकुद

एनएसएलमा आज वीरगञ्ज युनाइटेड र एफसी चितवन खेल्दै

By Dhading News

December 01, 2023

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग दुई–एक गोलले पराजित भएको थियो ।

दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नाै वटा टोली सहभागी छन् ।