ब्रेकिङ समाचार

गठबन्धनको बैठक बालुवाटारमा जारी

By धादिङ न्यूज

December 05, 2023

काठमाडौं । गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।