काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । झापा दोस्रो हाफको अन्तिम २० मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पुछारमा रहेको वीरगञ्जको ४ खेलमा २ अङ्क छ भने आठौँ स्थानमा रहेको झापाको ४ खेलमा ३ अङ्क छ ।
भोलि दुई वटा खेल हुनेछन् । दिउँसो एक बजे धनगढी एफसी र स्पोर्टिङ इलाम तथा बेलुका ५ बजे साविक विजेता काठमाण्डौ रेजर्स र बुटवल लुम्बिनीबीच खेल हुनेछ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी छन् ।