ब्रेकिङ समाचार

पूर्वगृहमन्त्री खाणको मुद्दाको आज सुनुवाइ हुँदै

By धादिङ न्यूज

December 14, 2023

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ ।

खाणको मुद्दामा यसअघि दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्का न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । अब न्यायाधीश कोइरालाको इजलासले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छ, त्यही आदेश कार्यान्वयन हुन्छ ।

तेस्रो राय दिएमा भने निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।