ब्रेकिङ समाचार

सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले लिए शपथ

By धादिङ न्यूज

December 21, 2023

काठमाण्डाै । सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले हिजाे बुधवार उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । संसदीय सुनुवाइ समितिको बैठकले बुधवार नै सर्वोच्च अदालतको न्यायाधीशमा छ जनाको नाम अनुमोदन गरेको थियो । उहाँहरूको गएकाे मङि्सर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो ।

न्याय परिषद्को गएकाे मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त छ न्यायाधीशका लागि उहाँहरूको नाम सिफारिस गरेको थियो ।