खेलकुद

एनएसएल फुटबल: पाेखरासँग धनगढीकाे बराबरी

By Dhading News

December 22, 2023

काठमाण्डाै – पाेखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग एनएसएल फुटबलकाे क्वालिफायरमा पुगेकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले धनगढी एफसीसँग १–१ गाेलकाे बराबरी खेल्याे । धनगढीका मिलन राईले खेलकाे ४२ औँ मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जाेगाउन सकेन । खेलकाे इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।

याे बराबरीसँगै पाेखराले ८ खेलमा १५ अङ्क जाेडेकाे छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दाेस्राे स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डाै रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टाेली प्लेअफको दौडमा छन् ।

एनएसएलमा तालिकाकाे शीर्ष २ वटा टाेलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा हार्ने टाेलीले तालिकाकाे तेस्रो र चौथो स्थानको टाेलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।