अर्थ/शेयर बजार

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

By Dhading News

December 28, 2023

काठमाण्डौ ।सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आज बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।