काठमाडौं । बर्मिङहम सिटीले मुख्य प्रशिक्षक वायन रुनीलाई बर्खास्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप रुनीलाई बर्खास्त गरेबा जानकारी दिएको हो । बर्मिङहमले अक्टोबरमा प्रशिक्षक रुनीलाई टिमको जिम्मेवारी दिएको थियो । रुनीले क्लबलाई मात्र १५ खेल खेलाएका थिए ।
रुनीको नेतृत्वमा क्लबले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा उनी बर्खास्त हुन पुगका हुन् । त्यसअघि रुनी मेजर लिग सकर एमएसएल क्लबमा आवद्ध थिए ।
बर्मिङहमले भर्खरै लिड्स युनाइटेडविरुद्धको खेलमा ३–० गोलको हार ब्यहोर्यको थियो । त्यसपछि क्लबले रुनीलाई जिम्मेवारीबाट हटाएको हो ।
बर्मिङहम च्याम्पियनसिपमा २६ खेल खेलेर २८ अंकका साथ तालिकाको २० औं स्थानमा छ ।