काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज झन्डै २८ अंकले बढको छ । आज नेप्से २७.९० अंकले बढेर २,०५८.०० को विन्दुमा पुगेको छ ।
आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।
आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३.०८ बढेको छ ।
पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४.८१ प्रतिशतले घटेको छ ।