काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।
शनिबार राति फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । बरामद भएको सुनबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।