ब्रेकिङ समाचार

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

By धादिङ न्यूज

January 09, 2024

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन समय तोकिएको छ । हिजो सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुने र २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यसैगरि पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ भने मतदान सकिएपछि त्यसै दिन मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको छ ।