खेलकुद

एएफसी एसियन कपमा कतारले लेबननलाई हरायो

By Dhading News

January 13, 2024

काठमाडौं । एएफसी एसियन कपमा कतारले लेबननलाई हराएको छ ।  शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कतारले लेबननलाई ३–० ले हराएको हो ।

कतारको जितमा अकरम अफिफले दुई गोल गरे । अल्मोएज अलीको नाममा एक गोल रह्यो । खेलमा अग्रता कतारले पहिलो हाफको अन्तिम मिनेटमा अकरमको गोलमा लिएको थियो ।

खेलको ५६ औं मिनेटमा अल्मोएजले घरेलु टोलीको अग्रतालाई दोब्बर बनाए ।  खेलको इन्जुरी समयमा अकरमले ब्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई शानदार सुरुवात दिलाए । समूह एमा कतारले पहिलो खेलबाट तीन अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार अष्ट्रेलिया र भारत, चाइजा र ताजकिस्तान तथा उज्वेकिस्तान र सिरियाबीच खेल हुनेछ ।