बिकास /परिवर्तन

स्थापना दिवसमा विरामीलाई फलफुल

By Dhadingnews.com

September 04, 2013

धादिङ,१९ भदौ/नेपाल निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधवार विहान धादिङ अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,नेपाली कांग्रेसका सभापती रामनाथ अधिकारीका साथै विभिन्न कर्मचारी संघ संगठनका प्रतिनिधिहरुको उपस्थितीमा अस्पतालमा उपचार गराईरहेका ३३ जना विरामीलाई फलफुल बितरण गरिएको युनियनका जिल्ला अध्यक्ष कृष्ण पौडेलले वताए ।