हाम्रो पालिका

मधेश सरकारबाट जनमत पार्टी बाहिरियो

By धादिङ न्यूज

January 23, 2024

काठमाडौं। मधेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएका महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री बन्नुभएका चन्दन सिंहले आज राजीनामा दिनुभएको हो।

आज जनमतको मधेश संसदीय दलको बैठकले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो। यादव जनता समाजवादी पार्टीका जसपाबाट मुख्यमन्त्री बन्नुभएको हो।

सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिनुभयो।