ब्रेकिङ समाचार

आजदेखि भिजिट भिसामा विदेश यात्रा गर्नेका लागि नयाँ नियम लागु

By Dhading News

January 24, 2024

काठमाडौं । सरकारले आजदेखि भिजिट भिसामा विदेश यात्रा गर्नेका लागि नयाँ नियम लागु गरेको छ ।

गृह मन्त्रालयले भिजिट भिसामा यात्राका लागि ६ बुँदे नयाँ कार्यविधि र १३ बुँदे यात्रा परामर्श सूचना जारी गर्दे भारत र बेलायत बाहेकका अन्य मुलुकहरुमा सेना प्रवेशबाट सिर्जित अवस्थाबारे व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने जनाएको हो ।

साथै भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशबाट अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूमा पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने र आफूलाई पूर्णरूपमा सुरक्षित राख्न थप सजगता अपनाउन भनेको छ ।

नँया कार्यविधिअनुसार भिजिट भिसामा जानेहरूले ६ महिनाको वैध अवधि भएको राहदानी र दुईतर्फी हवाई टिकट देखाउनुपर्ने छ भने भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्ने जनाएको छ ।

यस्तै नँया कार्यविधिमा भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा कम्तिमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।