खेलकुद

यू-१९ विश्वकप क्रिकेट: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

By Dhading News

January 25, 2024

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि आन वावैस अर्धसतक प्रहार गरे । उनी ६३ रनमा अविजित रहे । शम्याल हसन र शाहजैब खानले ३७-३७ र अहमेद हसनले २९ रनको योगदान दिए ।