ब्रेकिङ समाचार

विमानस्थलमा भएको हातपातबारे छानबिन गर्न समिति गठन

By धादिङ न्यूज

January 26, 2024

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृहले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् ।

समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।