EAST LONDON, SOUTH AFRICA - JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

खेलकुद

अण्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा आज नेपाल र बंगलादेश भिड्दै

By Dhading News

January 31, 2024

काठमाडौं । अण्डर नाइन्टिन विश्वकप क्रिकेटको सुपर सिक्समा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा नेपाली सयम अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । खेल जित्दै सुपर सिक्समा अंकको खाता खोल्ने नेपालको लक्ष्य रहेको छ । तर यो खेल जितेपनि नेपाल सेमिफाइनलमा पुग्ने होडबाट भने बाहिरिसकेको छ ।

सुपर सिक्स चरणमा नेपालले बंगलादेश र भारतसँग एक एक खेल खेल्नेछ । दुवै खेल जितेपनि नेपालको चार अंक हुनेछ । तर भारत र पाकिस्तानको अहिले नै ६–६ अंक भइसकेको छ ।

सुपर सिक्समा नेपाल रहेको समुहमा भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्याड र आयरल्याण्ड पनि छन् । तर समुहका सबै टोलीले सबैसँग भने खेल्दैनन् ।

लिग चरणमा एकआपसमा खेलिएका खेलका परिणाम पनि यसमा गणना हुनेछ । नेपालले समुह चरणमा अफ्गानिस्तानलाई मात्रै हराएको तर अफ्गानिस्तान सुपर सिक्समा नभएकोले उक्त खेलबाट नेपालले पाएको दुई अंक सुपर सिक्समा गणना हुनेछैन ।

भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेशले समुह चरणमा पाएको अंक भने सुपर सिक्समा पनि थपिने भएकोले नेपाल सेमिफाइनलमा पुग्न नसक्ने निश्चित भएको हो ।