EAST LONDON, SOUTH AFRICA - JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

खेलकुद

आईसीसी यु-१९ विश्वकप: बंगलादेशसँग नेपाल पराजित

By Dhading News

February 01, 2024

काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

बंगलादेशका अरिफुल इस्लामले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, जिशन आलमले ५५, अशिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ तथा अहरार अमिनेल १२ रन जोडे । नेपालका सुवास भण्डारीले ५ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६९ रन बनाएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै, देव खनाल ३५, सुवास भण्डारी १८ तथा अर्जुन कुमालले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३–३ तथा इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १–१ विकेट लिए । सुपर सिक्सको अर्को खेलमा नेपालले शुक्रबार भारतसँग खेल्ने छ ।