EAST LONDON, SOUTH AFRICA - JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

खेलकुद

१९ वर्षमुनिको विश्वकपमा नेपालले आज भारतसँग खेल्दै

By Dhading News

February 02, 2024

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।