हाम्रो पालिका

चरौदीका टिका थपलीयाको कुटाईबाट तीन विद्यार्थी घाईते

By Dhadingnews.com

September 07, 2013

 धादिङ २२ ,भाद्र  । राईजिङ्ग स्टार बोडीङ्ग स्कुल चरौदी धादिङका प्रिन्सिपल टिका थपलीयाको कुटाईबाट शुक्रबार चन्द्रोदय माध्यामिक विद्यालय विशालटारका तीन  विद्यार्थी  घाईते भएका छन् । घाईते मध्य एक जनाको  उपचार धादिङमा हुन नसके पछी थप उपचारको लागी काठमाण्डौ लगीएको छ ,भने दुई जना स्थानीय अस्पतालमा नै उपचार पछी घर फर्केका छन् । घाईतेहरु दुई जना बाह्र बर्षका छन् भने एक बालक तेह्र बर्षको भएको घाईतेका अभिभावकले वताए ।

             चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा आठमा अध्यानरत  तीन बालकहरु प्रिन्सिपल  थपलीयाको बोडिङ्गमा तिज विशेष कार्यक्रम हेर्न गएको र प्रिन्सिपल थपलीयाको विद्यार्थीहरु नाचेको फोटो खिचेको आरोपमा ति बालकहरुलाई बेहोस हुने गरी कोठामा थुनेर पिटेको घाईते विद्याथीहरुले वताएका छन् । आफुहरुले फोटो नखिचेको बताउदै नपिट्न आग्रह गरेको र  यसलाई सम्झाउनु पर्छ भन्दै त्यस बोडिङ्गका अरु शिक्षकहरुले समेत कोठामा थुने पछी आफुहरुलाई कुटेको घाईतेले बताए । घाईतेहरुलाई राजमार्ग सामुदायीक अस्पताल मलेखुमा उपचारको लागी ल्याईएको र एक  जनाको भने टाउकोमा भित्र असर परेको र नाखबाट रगत आएको अनिबान्ता गर्ने भए पछी थप उपचारको लागी काठमाण्डौ पठाईएको अस्पतालले जनाएको छ । प्रिन्सीपल थपलीया अहिले फरार रहेका  छन् भने प्रहरीले उनको खोजी गरिहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंहले बताउनु भयो । निजलाई कडा भन्दा कडा कानुनी कारवाही गरिने पनी जनाईएको छ ।