ब्रेकिङ समाचार

सोनाम ल्होछार पर्व तीन दिनसम्म भव्यरुपमा मनाइने, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

By Dhading News

February 09, 2024

काठमाडौं । तामाङ समुदायले यसवर्षको सोनाम ल्होछार पर्व तीन दिनसम्म भव्यरुपमा मनाउने भएका छन् । भोलि दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्‍याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिने भएको छ ।

सोनाम ल्होछार पर्वलाई नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउँदै आएको छ ।

यस वर्ष मुख्य दिन भोलि दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्‍याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ ।

महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा)गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसैगरी तीन दिनसम्म तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभूषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।