अर्थ/शेयर बजार

सुन आज तोलामा एक लाख १८ हजार चार सय रुपैयांमा कारोबार हुँदै

By Dhading News

February 29, 2024

काठमाण्डौ – सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।

हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार चार सय रुपैयाँ भएको छ ।

चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउमा कुनै घटबढ भएको छैन ।