शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक काठमाडौँ, २० फागुन : संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : प्रदी

ब्रेकिङ समाचार

छात्रावासको अनुगमन गर्न सांसदहरुको माग

By धादिङ न्यूज

March 03, 2024

काठमाडौं। सांसदहरूले देशभरका छात्रावास अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

छात्रावासमा विद्यार्थीको मृत्युका घटना बढेको भन्दै विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आइतवार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले देशभरका छात्रावासको अनुगमन गर्नुपर्ने बताएका हुन्।

चितवनको रत्ननगर १० स्थित एक स्कूलको छात्रावासमा १४ वर्षीया शालिन पोखरेलको मृत्युको समेत सांसदहरूले छानबिन गर्न माग गरे। नेकपा एमालेकी सांसद विद्या भट्टराईले चितवन घटना सम्बन्धमा शिक्षा मन्त्रालयले समिति बनाएर तत्काल अनुगमन गर्नुपर्ने बताइन्।

माओवादी केन्द्रका देवेन्द्र पौडेलले घटना सम्बन्धमा छानबिनका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए। रास्वपा सांसद डा. तोसिमा कार्कीले छात्रावासले मापदण्ड पूरा गरे नगरेकोबारे अनुगमन गर्नुपर्ने बताइन्।