ब्रेकिङ समाचार

भुतपूर्व गोरखा सैनिकका जायज मागहरू बेलायती सरकारले सम्बोधन गर्नुपर्छ: परराष्ट्रमन्त्री

By धादिङ न्यूज

March 03, 2024

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भुतपूर्व गोरखा सैनिकका जायज मागहरू बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री साउदले बेलायत सरकार गोरखा सैनिकका मागबारे गम्भीर हुनुपर्ने बताउनुभयो । मन्त्री साउदले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका मागहरु सम्बोधन गर्न केही प्रगति भएको भए पनि समान पेन्सन लगायतका मुख्य मागहरू सम्बोधन हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले समितिको अर्को बैठक २०२४ मार्च २७ मा लन्डनमा हुने र त्यो बेलामा पनि आफूले भुतपूर्व गोरखा सैनिकका मागहरूका बारेमा कुरा उठाउने बताउनुभयो । नेपालले ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको साउदले बताउनुभयो ।