ब्रेकिङ समाचार

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने

By धादिङ न्यूज

March 04, 2024

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने बताउनुभएको हो ।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गर्नुभएको छ । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताउनुभएको हो ।