ब्रेकिङ समाचार

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहालद्वारा शपथ ग्रहण

By धादिङ न्यूज

March 12, 2024

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायण दाहालले शपथ ग्रहण गर्नुभएको छ । उहाँले साँझ सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

सो क्रममा उहाँले राष्ट्रियसभाको काम जनतालाई अनुभूति हुने गरी अगाडि बढाउने बताउनुभयो । यस्तै उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।