राजनीति

संबिधान सभाको चुनावमा नेपाली काङग्रेसले बहुमतले जित्न सके मात्र बि.पी को सपना पुरा हुने- डा. महत

By Dhadingnews.com

September 09, 2013

बाबुराम श्रेष्ठ धादिङ २४भदौं ।मंसिर ४ गतेको हुने भनेको संबिधान सभाको चुनावमा नेपाली काङग्रेसले अत्याधिक बहुमत ल्याई जित्न सके मात्र बि.पी को सपना पुरा हुने नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उर्जा मन्त्री डा.प्रकाश शरण महतले बताउनु भएको छ ।

नेपाल तरुण दल २ नम्बर क्षेत्रीय समितिले बि. पि कोइरालाको १०० औं जन्म जयन्तीको अवसर पारेर सोमवार धादिङबेसीमा आयोजना गरेको संविधान सभा निर्वाचनमा तरुण दलको भूमिका विषयका अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले लोकतन्त्र बलियो भए मात्र पार्टी र जनताको आशा र भरोसा पुरा हुने बताउनु भयो । डा. महतले २०४६ साल पछि नेपाली काङग्रेसले जनताको मनोकांक्षाहरु पुरा गर्दै आइरहेको र काङग्रेसको हातबाट विपक्ष दलले खोसेर सत्ता चलाएपछि नेपालको राजनीतिक धरापमा परेको आरोप लगाउनु भयो । मंसिर ४ गते हुने संविधान सभाको चुनावको लागि नेपाली काङग्रेसले संघिय प्रदेशको सम्प्रेशण, धर्म , जातिको संरक्षण, धार्मिक तथा आफ्नो अधिकारको सुनिश्चिितता , सबैलाई सम्मान र समावेशी गराउने र राजनीतिक सुनिश्चितताको लागु हुने गरी घोषणा पत्र तयार पार्ने महतले कार्यक्रममा बताउनु भयो । नेपाल तरुण दल क्षेत्र नं २ का अध्यक्ष माधव प्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा , डा. महत, नेपाली काङग्रेसका सभापति रामनाथ अधिकारी, नेपाली काङग्रेसका जिल्ला सचिव भक्त लामा, नेपाल तरुण दलका धादिङका जिल्ला अध्यक्ष गोपाल वि. क., ट्रेड युनियन कांग्रेस स्वतन्त्रका केन्द्रिय उपाध्यक्ष कल्पना अधिकारी, नेपाल पत्रकार महासंघका सभापति सिताराम प्रसाद बर्माका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लयागत सञ्चारकर्मीहरको सहभागिता रहेको थियो ।