ब्रेकिङ समाचार

कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

By धादिङ न्यूज

March 15, 2024

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद प्रदीप पौडेलले राजीनामा दिन आग्रह गर्नुभयो ।

यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप पनि लगाउनुभयो । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उहाँको भनाइ छ ।