एजेन्सी । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको इन्टर मिलानलाई पेनाल्टी शुट आउटमा हराउँदै स्पेनको एट्लेटिको क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा १–० ले पछि परेको एट्लेटिको मड्रिडले गएराति भएको दोस्रो लेगमा २–१ को जित हात पारेपछि खेल समग्रमा २–२ गोलको बराबरीमा पुग्यो । यसपछि अतिरिक्त समय हुँदै पेनाल्टी शुट आउटमा पुगेको खेल एट्लेटिकोले ३–२ ले जितेको हो ।
गएराति भएको अर्को खेलमा नेदरल्याण्ड्सको पि।एस।भी आइन्डोभनलाई २–० ले हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड पनि क्वाटरफाइनलमा उक्लियो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा रोकिएको अवस्थामा गएरातिको जितपछि डर्टमण्डले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
गएरातिका खेलहरुपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको छ । स्पेनबाट रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड, इंग्ल्याण्डबाट आर्सनल र म्यान्चेस्टर सिटी, जर्मनीबाट बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन ९पिएसजी० क्वाटरफाइनलमा पुगेका छन् ।