ब्रेकिङ समाचार

गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प छैन: काँग्रेस

By धादिङ न्यूज

March 19, 2024

काठमाडौं । नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेको आज पनि राजीनामाको माग गरेको छ ।

प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नुभएको हो ।