ब्रेकिङ समाचार

चैत्र १५ देखि गर्ने भनिएको माओवादी केन्द्रको जागरण अभियान स्थगित

By धादिङ न्यूज

March 21, 2024

काठमाडौं । माओवादी केन्द्रको जागरण अभियान स्थगित भएको छ । पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।