ब्रेकिङ समाचार

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

By धादिङ न्यूज

March 24, 2024

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने जनाइएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्न लाग्नु भएको हो । उहाँले चैत्र ११ गतेदेखि चैत्र १९ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भ्रमणका क्रममा श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुने छ भने बेइजिङ र अन्य प्रान्तमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री श्रेष्ठ चैत १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।