ब्रेकिङ समाचार

न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन हुनुपर्छ: अमरेशकुमार सिंह

By धादिङ न्यूज

March 31, 2024

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताउनुभयो ।

उहाँले न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने बताउनुभयो ।