काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई २७ रनले हराएको छ ।
नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो ।
टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । फाइनल खेल चैत २५ गते हुनेछ ।