ब्रेकिङ समाचार

कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको छ: मन्त्री साह

By धादिङ न्यूज

April 03, 2024

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताउनुभयो ।

उहाँले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताउनुभयो ।